Section 86
अदालतलाई भए सरहको अधिकार हुने
यस ऐनको प्रयोजनका लागि भन्सार अधिकृतलाई सम्बन्धित व्यक्तिलाई झिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरु पेश गर्न लगाउने र मुद्दाको पुर्पक्ष गर्ने सम्बन्धमा प्रचलित कानून बमोजिम शुरु अदालतलाई भए सरहको अधिकार हुनेछ ।